ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडामा जस्टिन ट्रुडोको ठाउँमा बैंकर मार्क कार्नी नेता चुनिए


एबीसी न्यूज
फाल्गुन २६, २०८१ सोमबार  ५ : २३ बजे

काठमाडौं २६ फगुन । क्यानडाको सत्तारुढ लिवर पार्टीको आन्तरिक चुनावमा पूर्व–केन्द्रीय बैंकर मार्क कार्नी प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा निर्वाचित भएका छन् । राष्ट्रले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आर्थिक युद्ध र यसको सार्वभौमिकतामाथिको खतरा सामना गरिरहेको बेलामा भएको सत्तारुढ पार्टीले देशको आगामी नेताका रुपमा कार्नीले चुनेको हो । कार्नीको जित व्यापक रूपमा अपेक्षित थियो। एनले आफ्ना प्रतिद्वन्द्वीहरूभन्दा बढी रकम जुटाएका थिए र लिबरल दलको संस्थापनको समर्थन प्राप्त गरेर यो जित हासिल गरेको एपीले उल्लेख गरेको छ । उनीसँग निटकटन प्रतिद्वन्द्वी उप–प्रधानमन्त्री तथा वित्तमन्त्री क्रिस्टिया फ्रिल्यान्ड सहित तीन उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए ।
५९ वर्षीय कार्नीले आगामी हप्तामा औपचारिक रूपमा ट्रुडोलाई प्रधानमन्त्रीको रूपमा प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। देशको संघीय निर्वाचन अक्टोबरसम्ममा हुनु पर्ने भएपनि त्योभन्दा चाँडै पनि हुन सक्छ। विश्लेषकहरूले अपेक्षा गरेअनुसार कार्नीले तत्काल निर्वाचन आह्वान गर्न सक्छन् ।
उनले धेरै चुनौतीहरूको सामना गर्नुपर्नेछ। ट्रम्पले प्रस्तुत गरेको चुनौतीभन्दा ठूलो अरू कुनै चुनौति नभएको बताइएको छ । ट्रम्पले क्यानाडाली सामानहरूमा कर लगाएका छन् र अमेरिकाको उत्तरी छिमेकीलाई “आर्थिक दबाब“ प्रयोग गरेर ५१औं अमेरिकी राज्य बनाउने धम्की दिएका छन्। ट्रम्पका कार्यहरूले द्विपक्षीय सम्बन्धलाई यति गम्भीर रूपमा चकनाचुर पारेका भन्दै क्यानाडाका अधिकारीहरू, व्यापारिक नेताहरू र साधारण जनताले समेत यो क्षति स्थायी हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
गत हप्ता, ट्रम्पले क्यानाडाली सामानहरूमा २५ प्रतिशत कर लगाएपछि क्यानाडालाई प्रतिशोधी कर लगाउन प्रेरित गरेको थियो । त्यसपछि, अर्को ७२ घण्टामा, उनले केही उत्पादनहरूका लागि कर अस्थायी रूपमा रोकेरे पुनः थप करहरूको धम्की दिएका छन् । प्रधानमन्त्री ट्रुडोले क्यानाडा “नजिकको भविष्यसम्म“ व्यापार युद्धमा फस्न सक्ने चेतावीन दिएका छन् ।

पार्टीको आन्तरिक प्रचार अभियानको क्रममा, कार्नीले आफूलाई एक संयमित राजनीतिक बाहिरियाको रूपमा प्रस्तुत गर्दै ट्रम्पको सामना गर्न र व्यापार युद्धको परिणाम उत्पन्न संकट व्यवस्थापनको अनुभव भएको प्रस्ताव अघि सारेका थिए । उनले २००८ को वित्तीय संकटको समयमा बैंक अफ क्यानाडाको गभर्नरको रूपमा क्यानाडालाई नेतृत्व गरेको र ब्रेक्जिटको समयमा बैंक अफ इंग्ल्याण्डको प्रमुखको रूपमा नेभिगेट गरेको आफ्नो रेकर्डलाई अघि सारेका थिए ।
जनवरी ६ मा ट्रुडोले पद छोड्ने घोषणा गर्नुअघि, सार्वजनिक पोलहरुमा लिबरल कन्जरभेटिभभन्दा २० अंकले पछाडि थियो । यसो हुनुमा जीवनयापनको उच्च लागत र स्थिर अर्थतन्त्रको चिन्ता मुख्य कारण थिए । तर ट्रुडोको राजीनामा र ट्रम्पको पुनरागमनपछि, लिबरलहरूले यो अन्तरलाई उल्लेखनीय रूपमा कम गरेको वाशिंगटन पोष्टले उल्लेख गरेको छ ।

कार्नी एक राजनीतिज्ञको रूपमा परीक्षण नगरिएका वा अहिलेसम्म राजकीय पदको अनुभव नभएका व्यक्ति हुन् । उनले कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलेभ्र, जस्ता राजनीतिज्ञ र आक्रामक शैलीका पपुलिस्टसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com