काठमाडौं २२ फागुन । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेको छ।
बीबीसीका अनुसार यो कुरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार पुष्टि गरेका हुन्।
गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएकोबारेमा सोध्दा वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौँ।’
उनले ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षमा विचार गरिरहेको बताएका छन्।
सन् २०२२ मा रुसको पूर्ण(स्तरीय आक्रमणको प्रारम्भिक चरणदेखि नै अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गरिरहेको थियो।
तर गुप्तचर जानकारी साझा गर्ने प्रतिबन्ध आंशिक हो वा पूर्ण र यो कति समयसम्म प्रभावकारी रहनेछ भन्ने कुरा अझै स्पष्ट छैन।
यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठक गर्ने घोषणा गरेका छन्।
टेलिभिजनमा सम्बोधन गर्दै उनले फ्रान्स अमेरिकी सहयोगबिना अगाडि बढ्न तयार हुनुपर्ने बताएका छन्।








प्रतिक्रिया दिनुहोस्