काठमाडौं २० फागुन । क्यानडाको अन्टारियो प्रान्तले अमेरिकामा ऊर्जाआपूर्ति रोक्ने धम्की दिएको छ। अन्टारियोका सरकार प्रमुख डग फोर्डले सोमबार ट्रम्पले क्यानडेली सामानमा लगाएको २५ प्रतिशत भन्सार महसुल अघि बढाए आपूर्ति रोक्ने बताएका हुन्।
ट्रम्पले मंगलबारदेखि लागू हुनेगरी क्यानडा, मेक्सिको र चीनमा भन्सार महसुल लगाएका छन्।
जवाफमा क्यानडा र चीनले पनि भन्सार महसुल लगाएका छन्। यसले व्यापार युद्धको त्रास बढेको छ।
अमेरिकाले उर्जाबाहेकका क्यानडेली सामानमा २५ प्रतिशत र ऊर्जाक्षेत्रमा १० प्रतिशत भन्सार लगाएको छ।
अमेरिकाले आयात गर्ने उर्जाको सबैभन्दा ठूलो स्रोत क्यानडा मानिन्छ। क्यानडाले ऊर्जा आपूर्ति रोके अमेरिकामा ठूलो प्रभाव पर्न सक्छ।








प्रतिक्रिया दिनुहोस्