काठमाडौं २० फागुन । ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ।
यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले लेखेको हो। ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ।’
यस विषयमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
ब्लुमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ। यसमा पोल्यान्ड पुगेका सामान पनि पर्छन्।
गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहस भएको थियो।
सोमबार मात्रै ट्रम्पले भोलि ठूलो रात हुने घोषणा गरेका थिए।
गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्यो।
त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भएको हो।








प्रतिक्रिया दिनुहोस्