ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको टिप्पणी: पुटिनको चिन्ता गर्नुको सट्टा अन्य गम्भीर मुद्दामा ध्यान केन्द्रित गर्नु महत्त्वपूर्ण


एबीसी न्यूज
फाल्गुन १९, २०८१ सोमबार  ९ : २५ बजे

काठमाडौं १९ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन ९रुसका राष्ट्रपति भ्लादिमिर पुटिन० को चिन्ता लिनुको साटो अन्य गम्भीर मुद्दामा ध्यान दिनु आवश्यक भएको टिप्पणी गरेका छन्।

रुसी आक्रमणबाट पीडित युक्रेनका पक्षमा बेलायतमा युरोपेली मुलुकका नेताहरूको बैठक बसेको भोलिपल्ट सोमबार ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत त्यस्तो टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘आप्रवासी बलात्कारी गिरोह, लागुऔषध माफिया, हत्यारा र मानसिक अस्पतालका मानिसहरू जो हाम्रो देशमा आइरहेका छन्, हामीले यस्ता मुद्दामा बढी ध्यान दिनुपर्छ ताकि हाम्रो अवस्था युरोपको जस्तो नहोस्।’

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समेत सहभागितामा लन्डनमा युक्रेनबारे युरोपेली मुलुकका नेताहरूले छलफल गरेका थिए। यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका छन्।

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो।

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com