ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नो केबलकार’ भन्नेसँग सैद्धान्तिक सहमति छैन-कांग्रेस


एबीसी न्यूज
फाल्गुन १६, २०८१ शुक्रबार  ७ : ५८ बजे

काठमाडौं १६ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको पक्षमा उभिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो ।

‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘वार्ता गर्न र त्यहाँ देखिएका समस्या समाधान गर्न भने कांग्रेस तयार छ ।’

बैठकमा पाथीभरामा केबलकार निर्माणको क्रममा देखिएको विवादबारे नेताहरूले धारणा राखेका थिए । शीर्ष नेताको बैठकमा सैद्धान्तिक छलफल मात्रै भएको र कुनै निर्णयमा नपुगेको उनले बताए ।

नयाँ विधेयकहरूका विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

‘निर्वाचन ऐन सम्बन्धी विधेयकलाई गृह र कानुन मन्त्रालयले होमवर्क गरिराखको छ । दल सम्बन्धी विधेयकका कतिपय दफा स्थगनको अवस्थामा छन् । त्यो विधेयकलाई के गर्ने भन्ने कुरा भएको छ,’ घिमिरेले भने ।

विधेयकलाई छिटो प्रक्रियामा लाने सन्दर्भमा पनि कुरा भएको घिमिरेले जानकारी गराए । अध्यादेशका बारेमा कांग्रेस र एमाले सम्मिलित संयन्त्रमा कुरा हुने उल्लेख गर्दै पार्टी बैठकमा छलफल नभएको उनले जिकिर गरे ।

बैठकमा स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com