ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम भिजिबिलिटीको कारण ३ जहाज भारत र चीनमा ‘डाइभर्ट’


एबीसी न्यूज

काठमाडौं १६फागुन । भिजिबिलिटी कम भएपछि नेपाल आएका तीनवटा जहाज ‘डाइभर्ट’ भएका छन्। नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट गरिएको हो।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले तीनवटा जहाज डाइभर्ट भइसकेको नेपालखबरलाई जानकारी दिए।
‘आईएफआरअनुसार विमानको क्याटेगोरीअनुसार कतिपय ११ सय मिटर भिजिबिलिटीमै अवतरण गर्न सक्छन्’, उनले भने, ‘कतिपयलाई भने २८ सय मिटर चाहिन्छ। आन्तरिक उडानको लागि त्रिभुवन विमानस्थलमा कुनै समस्या छैन।’

अन्तर्राष्ट्रिय उडानमा भने १६ सय मिटर मात्र भिजिबिलिटी हुँदा कतिपय जहाज अवतरण गर्न नसकेको उनले बताए।

प्रवक्ता शेर्पाका अनुसार मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ।

त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ। डाइभर्ट गरिएको विमानमा परराष्ट्रमन्त्री आरजु राणा रहेको प्रवक्ता शेर्पाले जानकारी दिए।

यद्यपि ६ वटा अन्य जहाज भने त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको विमानस्थलले जनाएको छ।

हिमालय एयरलाइन्स, एयर इन्डिया, विमान बंगलादेश, चाइना साउदर्नलगायत ल्यान्ड भएका हुन्। अहिले विमानस्थलमा भिजिबिलिटी क्रमशस् बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

सम्बन्धित

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

नकावधारी समूहले लुटे बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

शुक्लागण्डकी हत्या प्रकरण: पक्राउ परेका व्यक्तिले स्वीकार गरे अभियोग

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com