ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


एबीसी न्यूज

काठमाडौं १६फागुन । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो ।

कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख जिल्ला अधिकारी थापाले उज्यालोलाई जानकारी दिनुभयो । यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

यसअघि गएको पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सम्बन्धित

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सभापति देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयारः फेरि वार्तामा बस्ने महामन्त्रीद्धय

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com