ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपछिको पुनर्निर्माण, तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने


एबीसी न्यूज

काठमाडौं १५ फागुन । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको दाबी गर्नुभयो ।

उहाँले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकेको पुनर्निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताउनुभयो । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि उहाँको भनाइ छ ।

‘‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुनर्निर्माण र पुनःस्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ । गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘त्यसको पुनर्निर्माण अगाडि बढ्छ । डिडिए हुन नसकेको पनि डिडिए हुन्छ । यो कामका लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय यो महिनाभित्र नै स्थापना गर्छौं । अब यो पुनर्निर्माण र पुनःस्थापनाको काम द्रुतगतिले अघि बढ्छ ।’’

उहाँले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापना द्रुतगतिमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सम्बन्धित

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सभापति देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयारः फेरि वार्तामा बस्ने महामन्त्रीद्धय

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com