काठमाडौं १५ फागुन । पोखरामा १२औं नेपाल लिटरेचर फेस्टिभल २०२५ शुरू भएको छ । फेस्टिभलको उद्घाटन सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयो ।
उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताउनुभयो । ‘यो इनोभेटिज, क्रियटिसन हो । कार्यक्रम धेरै प्रकारका छन् । नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो । हाम्रो समाज र युवा पङ्क्ति सबैलाई इनोभेसन, रिसर्चमा कसरी लगाउने भन्ने कुरा महत्त्वपूर्ण छ । धेरै अरूबाट सिक्छौँ । देखासिकी गर्छौँ । त्यो चिजबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने कुराको सन्देश यसले पनि दिन्छ भन्ने लाग्छ ।’
बुकवर्म फाउन्डेशनको आयोजनामा भएको फेस्टिभल आउँदो आइतवार फागुन १८ गतेसम्म चल्नेछ । महोत्सवमा नेपाल तथा अरू देशका गरी दुई सय जनाभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ । ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश छन् ।
महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने आयोजकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्