ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासले चार शव जिम्मा लगाएपछि ‌इजरायलले छाड्यो प्यालेस्टिनी कैदी


एबीसी न्यूज
फाल्गुन १५, २०८१ बिहीबार  १ : २२ बजे

काठमाडौं १५ फागुन । हमासले शव हस्तान्तरण गरेपछि इजरायलले प्यालेस्टिनी कैदीहरुलाई मुक्त गर्न सुरु गरेको छ ।

वेस्ट बैंकबाट प्यालेस्टिनीहरु मुक्त गरिँदा उनीहरुका आफन्तहरुले खुसियाली मनाएको देखिन्छ ।

युद्धको क्रममा मारिएका ४ इजरायलीको शव हमासले हस्तान्तरण गर्ने र त्यसको बदलामा ६ सय २५ प्यालेस्टिनीलाई इजरायलले मुक्त गर्ने सहमति भएको थियो ।

इजरायलले मुक्त गरेका प्यालेस्टिनीहरुलाई भेट्नेहरुको ठूलो भिड जम्मा भएको देखिन्छ । तर मुक्त भएकाहरु कोको हुन् र कहिलेसम्म कति जना प्यालेस्टिनी मुक्त भए भन्ने खुलिसकेको छैन ।

बीबीसीका अनुसार इजरायली अधिकारीहरुले वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसबाट प्यालेस्टिनीहरुलाई मुक्त गरेका छन् । उनीहरुलाई रेडक्रसले बसमा राखेर घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ ।

हमासले युद्धमा मारिएका चार जनाको शव पनि रेडक्रसलाई जिम्मा लगाएको थियो । उनीहरु ४९ देखि ८५ वर्ष उमेर समूहका छन् ।

इजरायल र हमासबीच सन् २०२५ को जनवरी १५ मा युद्धविराम सहमति भएको थियो । युद्धविराम कार्यान्वयन भने जनवरी १९ देखि भएको थियो ।

युद्धविरामका तीन चरण अन्तर्गत पहिलो चरणमा बन्दीहरु रिहाइको काम भइरहेको छ । पहिलो चरण १ मार्चमा समाप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com