ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ वर्षपछि पहिलो पटक बेलवा विमानस्थलमा विमान अवतरण गरेपछि…


admin

बाग्लुङ, ५ चैत्र । बाग्लुङको बलेवा विमानस्थल २४ वर्षपछि संचालनमा आउने तरखरमा रहेको छ । केही महिनादेखी तयारी भईरहेको विमानस्थलमा सोमबार सफलता पूर्वक परिक्षण उडान गरिएको छ ।

तारा एयरलाइन्सको १८ सिट क्षमताको ९ एन एकेएल जहाजले परिक्षण उडान गरेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्मचारी र प्राविधिक सहित १० जना राखेर जहाज बागलुङको बलेवा मैदानमा अवतरण गरेको छ । जहाज अवतरण गरेसगै ठुलो सख्यामा भेला भएका स्थानीयबासीले हर्षोल्लास मनाएका छन् । बागलुङ नगरपालिकाको अगुवाईमा दुई महिना अघि देखि थालिएको तयारी स्वरुप परीक्षण उडान गरिएको छ ।

चैत ९ गते देखि यात्रीका लागि नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान भर्ने सहमति अनुसार सोमबार परीक्षण गरिएको प्राधिकरणका पोखरास्थित निर्देशक भोलाप्रसाद गुरागाईंले बताउनुभयो । पहिलो उडानका क्रममा आएका पाईलटहरु सन्तोष शाह, प्रभाकर घिमिरे र संजीव श्रेष्ठ तथा कोपाईलट सिर्जना हुमागाईंले साना जहाजका लागि बलेवा विमानस्थलमा सहजै उडान भर्न सकिने अवस्थामा रहेको बताउनुभयो । नागरिक उडड्यन प्राधिकरण र दुवै जहाज कम्पनीसँग बागलुङ नगरपालिकाले सम्झौता गरेर १२ सिट भन्दा कम भएमा नगरपालिकाले सिट भार बहन गर्ने गरी जहाज चलाईएको हो ।

नियमित उडान भएमा प्राधिकरणले आगामी वर्ष १५ करोड रुपैयाँ लगानी गरेर मैदानलाई कालोपत्रे गर्ने आश्वासन दिएको छ । चालक शाहका अनुसार बलेवा देखि काठमाण्डौ स्थित त्रिभुवन विमानस्थलमा पुग्न ४५ मिनेटको उडान हुनेछ । २०१८ सालमा निर्माण भएपछि नियमित सञ्चालन भएको विमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि जहाज आउन छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com