ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झन्डै ७० करोड रुपैयाँमा ‘गोल्ड कार्ड’ भिसा दिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


एबीसी न्यूज
फाल्गुन १४, २०८१ बुधबार  १ : ५५ बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गर्नुभएको छ । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि नयाँ गोल्ड कार्ड लगानीकर्ता भिसा कार्यक्रम शुरू गर्ने घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले शुरू गर्नुभएको यो गोल्ड कार्ड भिसाका लागि ५० लाख अमेरिकी डलर अर्थात् झन्डै ७० करोड रुपैयाँ लगानी गर्नुपर्नेछ । यसको अर्थ जोसँग यति धेरै पैसा छ उसले तुरुन्तै अमेरिकाको भिसा पाउनेछ ।

यो भिसालाई ग्रीन कार्ड प्रिभिलेज प्लस पनि भनिएको छ र यो आउँदो दुई हप्तामा शुरू हुनसक्ने खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बेच्ने बताउनुभएको छ । यस पहलको उद्देश्य ३५ वर्ष पुरानो ईबी–फाइभ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नु हो जसलाई अमेरिकाले सन् १९९० मा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न शुरू गरेको थियो ।

ईबी–फाइभ भिसाअन्तर्गत विदेशी लगानीकर्ताले कम्तीमा १० वटा रोजगारी दिने व्यवसायमा झन्डै १० लाख डलर लगानी गर्नुपर्ने हुन्छ । यो नयाँ गोल्ड कार्ड भिसा अन्तर्गत लगानीकर्ताले ५० लाख डलर लगानी गर्नुपर्नेछ तर यसमा रोजगारीको छुट्टै उल्लेख छैन । यो नयाँ कार्यक्रम धनी र सफल व्यक्तिहरूलाई ध्यानमा राखेर तयार गरिएको हो ।

धनी लगानीकर्तालाई आकर्षित गर्न विश्वका एक सय वटाभन्दा बढी देशमा गोल्डेन भिसा दिइन्छ । अस्ट्रेलिया, क्यानडा, बेलायत जस्ता धेरै युरोपेली देशहरूमा यो भिसा दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com