ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी चकचक गर्दैनौँ, एमालेले हेप्न थाल्यो भने सरकारबाट बाहिरिन्छौँ – गगन थापा


एबीसी न्यूज

काठमाडौं १३ फागुन । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले आफ्नो पार्टीले सत्ताका लागि कहिल्यै बेइमानी नगरेको दाबी गरेका छन्।नेपाली काङ्ग्रेस प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले एमालेसँग २०८४ को निर्वाचनसम्म एक हुने समझदारी भएको बताउँदै थापाले विधिको शासनमा सम्झौता गर्नुपरे सरकारमा नबस्ने प्रतिक्रिया दिएका हुन्।

ुकांग्रेसले कहिँ कतै पनि सत्ताका लागि बेइमानी गर्दैन। हामी अहिले पनि गएका हौइनौँ। हामी इमान्दार भएर आफ्नो भूमिका निभाउन चाहन्छौँ। २०८४ सालको चुनावसम्म हाम्रोतर्फबाट समझदारी कायम रहन्छ। हामी कुनै चकचक गर्दैनौँ। यताबाट उफ्रेर उता जाँदैनौँ, थापाले भने, एमालेसँग मिलेर सरकार चलाइरहँदा हाम्रा केही शर्तहरू छन्। हामी कानुनको शासनमा, विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने सरकार छाड्छौँ विधिको शासनमा सम्झौता गर्दैनौँ।

जनताको बोल्न पाउने अधिकार, हिँडडुल गर्न पाउने अधिकारमा सम्झौता गर्नुपर्‍यो भने सरकार छाड्ने थापाको भनाइ छ। प्रजातान्त्रिक अधिकार यो भनेको बोल्न पाउने, हिँड्न अधिकारका छ जुन बीपी कोइरालाले बनाउनु भयो यसमा सम्झौता गर्नुपर्‍यो भने हामी सरकार छाड्छौँ उनले भने।

अहिले नेकपा एमाले र कांग्रेसबीच बराबरीको सम्बन्ध भएको थापाले बताए। उनले कांग्रेसले एमालेलाई नहेप्ने र हेपाइ पनि नसहने बताए। उनले भने, ुनेकपा एमालेसँग बराबरको सम्बन्ध छ। न हामी हेप्छौँ, न हेपिन्छौँ । माथि या तल। केन्द्रमा या जिल्लादेखि तल्लो तहसम्म। हामीलाई कहीँ कतै दुर्व्यवहार भयो भनेर सहेर बस्दैनौँ।

उनले झुक्किएर पनि प्रदेश खारेज गर्नुपर्छ भनेर नभन्न प्युठानका नेताकार्यकर्तालाई आग्रह गरे। काठमाडौँमा बस्नेहरूले अधिकार आफैँ राखेर प्रदेशलाई कमजोर बनाएकोले प्रदेशले काम गर्न नसकेको र यसको समाधानका लागि आफू लडिरहेको उनको भनाइ छ।

तपाईंहरूले झुक्किएर पनि प्रदेश खारेज गर्नुपर्छ नभन्नुहोला। अहिले यो बहस काठमाडौँमा छ। यो किन भइरहेको छ भने केन्द्रले केही पनि दिइरहेको छैन। पाँच लाखको बाटो बनाउने काम पनि केन्द्रले समातेर राखेको छु उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

सम्बन्धित

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com