ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरासँग इयू निर्वाचन पर्यवेक्षण मिसनको भेटवार्ता


admin

काठमाडौं, ५ चैत । सभामुख कृष्णबहादुर महरासँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीबीच भेटवार्ता भएको छ ।

आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा इयू निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले भेटवार्ता गरेको हो ।

dav

भेटमा टोलीले सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।

सो अवसरमा सभामुख महराले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै उहाँले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताउनुभयो ।

सो अवसरमा बोल्दै निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव पनि पेश गरेको बुझाउनुभयो । उहाँले नेपालले इलेक्ट्रिकल भोटिङ सिस्टमको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।

जोभ्कोका अनुसार भोलि नै युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो । भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं, १५ जेठ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

सम्बन्धित

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

अर्थतन्त्र संकटमा छ,आयात प्रतिस्थापन गर्नैपर्छ : गगन थापा

दाङमा गोली लागेर एक जनाको मृत्यु

आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन–नारायणगढ सडक

भिटोफ नेपालको सदभावना दुतमा लेखक तथा फोटोग्राफर भरतबन्धु थापा

यौन दुव्र्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...