काठमाडौं, ११ फागुन । रमेशनाथ पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन्। पाण्डेसँग सञ्चार, पर्यटन, सामान्य प्रशासन, उद्योग लगायतका मन्त्रालय सम्हालेको अनुभव छ। विशेषतः पाण्डे नेपालको अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीतिक मामलाका जानकार मानिन्छन्। उनले आफ्ना अनुभवहरु समेटेर कुटनीति र राजनीतिक पुस्तक समेत लेखेका छन्। उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै उनले नेपालका माओवादीका सल्लाहकार भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी रहेको समेत खुलाशा गरेका छन् । उनले कार्यक्रममा नेपालको परराष्ट्र नीति पनि कम्जोर हुदै गएको बताए छन् ।
अहिले परराष्ट्र मामिलालाई अगाडि राखेको नदेखिएको उनि बताउछन् । परराष्ट्र मामिलामा खासै छलफल नहुने र सबै आ–आफ्नै सुरले बोल्दै हिँड्न्े गरेको उनि बताउछन् ।
उनले कार्यक्रममा हामसले बन्दी बनाएका विपिन जोशीको रिहाईको लागि विभिन्न देशसंग हारगुहार गर्दा पनि किन पहल नभएको भन्नेबारे समेत उक्त अन्र्तवार्तामा समेत खुलाएका छन् ।








प्रतिक्रिया दिनुहोस्