काठमाडौं ११ फागुन । आइतबार बिहान सिंगापुरका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमान उडान भरेको आधा घण्टामै हङकङ फर्किएको छ।
बिहान साढे १०स्५५ बजे हङकङबाट प्रस्थान गरेको सीएक्स३७१९ विमान मध्यान्ह १२स्०४ मा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको विमानस्थल प्राधिकरणले जनाएको छ।
चालक दलका सदस्यले साढे ११ बजे इन्जिनमा समस्या आएको रिपोर्ट गरेका थिए।
उक्त विमान दिउँसो १ बजे सिंगापुर पुग्ने तालिका थियो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्राधिकरणले बताएको छ। ९द स्ट्यान्डर्ड०








प्रतिक्रिया दिनुहोस्