ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा भेटिएको शव ९ दिनअघि मोटरसाइकलबाट खसेका रोहितकै भएको पुष्टि


एबीसी न्यूज

काठमाडौं ११ फागुन । त्रिशूली नदीमा आज आइतबार बिहान भेटिएको शव ९ दिनअघि मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता रोहित रानाकै भएको पुष्टि भएको छ।

बिहान चितवनको इच्छाकामना गाउँपालिका(५ कालिखोला जलविरे स्थित त्रिशूली नदीको किनार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

उक्त शव नदीबाट बाहिर निकालेर हेर्दा रोहितकै भएको भनेर परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

रोहितका बुवा अशोक रानासहति परिवारका सदस्य पनि शव भेटिएको स्थलमा आएका थिए। नदीबाट बाहिर निकालेपछि शव रोहितकै भएको पुष्टि भएको प्रहरी निरीक्षक केसीले बताए।

लमजुङको सुन्दबजार गाउँपालिका(३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षीय रोहित फागुन २ गते बागमती प्रदेश ०६(०२ प ९२०४ नम्बरको मोटरसाइकलमा नारायणगढबाट काठमाडौँ जाँदै गर्दा बिहान ११स्३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका(५ चट्टानेभीरमा दुर्घटनामा परेका थिए।

सडकछेउको डिभाइडरमा मोटरसाइकल ठोकिँदा उनी उछिट्टिएर त्रिशूली नदीमा खसी बेपत्ता भएका थिए। उनी सवार रोयल इन्फिल्ड बाइक भने सडकमै थियो।

भारतीय सेनामा कार्यरत राना गोर्खाली राइफल म्यान हुन् भने उनी दुर्घटना हुनुभन्दा एक साताअघि मात्रै नेपाल आएका थिए।

लमजुङको सुन्दरबजार नगरपालिका(३ चन्द्रेश्वर स्थायी ठेगाना भएका रानाको परिवार दुई दशकदेखि चितवनको भरतपुर महानगरपािलका(१ रामनगरमा बस्छन्।

रानाको शव पोस्टमार्टमका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com