काठमाडौं ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्त्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्श लगाउन निर्देशन दिनुभएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला ट्रम्पको यो पछिल्लो कदम हो ।
यसको उद्देश्य अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई विशेष गरी चीनजस्ता देशबाट उत्पन्न खतराहरूबाट रक्षा गर्नु रहेको ट्रम्प प्रशासनले जनाएको छ । यसले अमेरिकामा विदेशी लगानीसम्बन्धी समितिलाई प्रविधि, महत्त्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा र ऊर्जाजस्ता प्रमुख अमेरिकी क्षेत्रहरूमा चिनियाँ लगानीलाई प्रतिबन्धित गर्न प्रयोग गर्न आह्वान गरेको छ ।
ट्रम्पले यस महिनाको शुरुमा चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउनुभएको छ । गएको बुधवार, ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताउनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्