ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ- शंकर पोखरेल


एबीसी न्यूज

काठमाडौं १० फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था एनजीओसँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक रहेको जिकिर गरेका हुन् ।

‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ’ उनले लेखेका छन्, ‘त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्योभन्दा निकै फरक छ ।’ पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग रहेको जिकिर गरेका छन् ।
एनजीओ र एमाले सम्बन्ध बारे के भने पोखरेलको दाबी नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्योभन्दा निकै फरक छ ।

बलबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नु भएको सन्दर्भ मलाई यतिबेला सम्झना भइरहेको छ । उहाँले भन्नु भएको थियोः

मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकि उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिशतभन्दा वढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकि उनीहरूमध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनीहरू के गर्दछन् आम मानिसलाई थाहा पनि हुँदैन ।

मलाई लाग्दछ सत्य यस्तै होला । जहाँसम्म नेकपा एमालेको मुल नेतृत्वको कुरा छ( त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com