काठमाडौं ९ फागुन । चितवनको भरतपुर महानगरपालिका(३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्ति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
भरतपुर महानगर(२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी शुक्रबार पुलबाट नारायणी नदीमा हामफालेका थिए ।
चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम आईआरटी ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।








प्रतिक्रिया दिनुहोस्