ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार बढेको सुनको भाउ हप्ताको अन्तिम दिन एक हजार रुपैयाँले घट्यो


एबीसी न्यूज

काठमाडौं ९ फागुन । यस हप्ता शुरूदेखि नै लगातार बढेको सुनको भाउ आज हप्ताको अन्तिम दिन भने घटेको छ । आज सुनको भाउ हिजोको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ हप्ताभरकै धेरै तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । हप्ताको शुरू आइतवार र आज कारोबारको अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ ।

हप्ताको शुरूको दिन आइतवार तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँ रहेको थियो भने आज कारोबारको अन्तिम दिन तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै सोमवार तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँ, मङ्गलवार तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँ, बुधवार तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि हप्ताको अन्तिम दिन घटेको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ हप्ताकै धेरै तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम रहेको थियो । यस हप्ताको शुरू आइतवार तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज कारोबारको अन्तिम दिन एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ ।

शुरूको दिन आइतवार र आज अन्तिम दिनको तुलना गर्दा चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com