ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरा तनाव: शुक्रबार राति १२ बजेदेखि ताप्लेजुङमा यातायात बन्द गर्ने घोषणा


एबीसी न्यूज

काठमाडौं ९ फागुन । ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्।

ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्।

उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान(वसन्तपुर(गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भर्त्सना गर्दछ।’

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्‍याएको काम भएको विज्ञप्तिमा उल्लेख छ।

संघले अमानवीय कार्यप्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेको छ।

घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन्।

झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप गुरुङले जारी गरेको संयुक्त विज्ञप्तिमा बन्दमा एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेकका सवारीसाधन सञ्चालन गरेमा हुने घटनाको आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको छ।

ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार दिउँसो झडप हुँदा १३ जना घाइते भएका छन्।

पाथीभरा क्षेत्रको डडेले भन्ने ठाउँमा क्षमा पूजा सकेर फर्किने क्रममा नो केबलकार समूह र सुरक्षाकर्मीबीच झडप भएको हो।

केबलकारको संरचना बनाएको ठाउँनजिकै रहेको सशस्त्रको क्याम्पतर्फ उक्त समूहका मानिसले ढुंगा हान्न थालेपछि झडप भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन्।

उनका अनुसार झडपमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरी ६ जना र आन्दोलनकारीतर्फ एकजना घाइते भएका छन्। झडप भएपछि घाइतेको उद्धारका लागि पठाइएको गाडीमा समेत आन्दोलनकारीले ढ‌ु‌ंगामुढा गरेका छन्।

घाइते लिन पुगेको मे १ ज २५८९ नम्बरको गाडी क्षतिग्रस्त भएको सहायक प्रजिअ खड्काले जानकारी दिइन्। आन्दोलनकारीले सशस्त्र र नेपाल प्रहरीको सुरक्षा सामग्रीमा समेत क्षति पुर्‍याएका छन्।

यस क्रममा सुरक्षाकर्मीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेका छन्। केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार समूह निर्माण स्थलतर्फ जाँदै गर्दा झडप भएको हो।

क्षमा पूजा गरेर फर्किएका केबलकार निर्माण स्थलमा रहेका निर्माण सामग्री कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको प्रशासनको भनाइ छ।

क्षमा पूजाका नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्रसिंह थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरू त्यहाँ पुगेको दाबी प्रशासनले गरेको छ। भाषण सकिएपछि सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगामुढा गरेपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com