ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के,जेलेन्स्कीको भविष्य लेण्डुपको बाटोतिर हो ?


ऋतु विचार

अमेरिकी शासन सत्तामा ट्रम्प पुनःआएपछि विश्व राजनीतिको मानचित्र बदलिएको छ। हिजो वैरभाव रहेका शक्तिहरु आज एकै ठाउँमा उभिदै गएका छन्, भने मित्र बनेकाहरुबीच शत्रुतापूर्ण वातावरण बन्दै गएको छ।

त्यसको असर विश्वका कमजोर मुलुकहरुमाथि धेरै पर्ने देखिन्छ। हिजो जसको उक्साहटमा रुससंग युद्ध लड्यो युक्रेन । आज युक्रेनको सार्वभौमिक सत्ताको रक्षाका लागि भन्दै लडिरहेका उनै जेलेन्स्की उही अमेरिकाको लागि बाधक बनिरहेका छन्।

अमेरिकी र युरोपेलीहरूको उक्साहटमा रूस विरुद्ध उभिएका उनै जेलेन्सकी र युक्रेनको भविष्य विश्व राजनीतिमा आएको फेरबदलको चित्रले क्रमश अनिश्चित बन्दै गएको छ। शक्ति राष्ट्रहरूसंग समदुरी भन्दा पक्षधरताका कारण उनी यतिबेला घर न घाटमा पुगेका छन् । ट्रम्पका पछिल्ला कडा अभिव्यक्तिले यस्तो संकेत गरिरहेका छन् ।


पछिल्लो पटक सामाजिक सञ्जालमार्फत ट्रम्पले जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन् ।निर्वाचन गराउन दबाब दिदै आएका ट्रम्पले कमेडियन भन्दै तिखो आलोचना गरेपछि उनी ठूलो संकटमा पर्दै गएको देखिएको हो । यद्यपि बेलायत, क्यानडा र युरोपेली मुलुकले उनलाई सघाउने संकेत गरेपनि भविष्य त्यति सहज देखिन्न। ट्रम्पको शान्ति वचन र रूससंगको व्यापार लगायत कूटनीतिक सम्बन्ध पुनःसुधारका प्रयासहरूले शक्ति राष्ट्रहरू एकै ठाउँ उभिने देखिएको छ। शक्तिमानहरु मिलेरे कमजोरलाई गलाउने मात्रै होईन, अस्तित्व समाप्त पारिदिने खतरा उत्तिकै छ।

ट्रम्पले युक्रेनी राष्ट्रपतिमाथि लगाएको गम्भीर आरोपले युक्रेन भविष्य अन्धार देखिन्छ । शक्ति राष्ट्रको अ‍ौजार बनेपछि अन्ततः कस्तो नियति भोग्नु पर्दछ भन्ने कुरा सिक्किमका लेडुप दार्जेले २० औ शताब्दीमा भोगेका थिए। २१ शताब्दीको यो दुनियाँमा जेलेन्स्कीले पनि त्यही नियति भोग्ने लगभग पक्का जस्तै छ । सत्ता पाउन , टिक्न विदेशीको चाकरी गर्नेले समयमै सवक नसिके लेण्डुपदेखि जेलेन्स्कीले भोग्ने दशा उस्तै उस्तै हुन्छन् भन्ने यी घटना र परिघटनाले सिद्ध गरेका छन् ।

सामाजिक सञ्जालमा ट्रम्पले भनेका छन्। सोच्नुहोस् त, एक साधारण रूपमा सफल हास्यकलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकालाई ३५० अर्ब डलर खर्च गर्न राजी गराए, यस्तो युद्धमा जुन जित्न सकिदैनथ्यो, जुन सुरु नै गर्नुपर्दैनथ्यो, तर जुन युद्ध उनले अमेरिका र “ट्रम्प” को समर्थन विना कहिल्यै सामना गर्न सक्दैनन्। संयुक्त राज्य अमेरिकाले युरोपभन्दा २ सय अर्ब डलर बढी खर्च गरिसकेको छ, जबकि युरोपको पैसा सुरक्षित छ, र अमेरिका केही पनि फिर्ता पाउने छैन। जो बाइडेनले किन समानताको माग गरेनन्, जब कि यो युद्ध हामी भन्दा बढी युरोपका लागि महत्त्वपूर्ण छरु हामीसँग छुट्टयाउने ठूलो, सुन्दर महासागर छ।

यसका अतिरिक्त, जेलेन्स्कीले स्वीकार गरेका छन् कि हामीले पठाएको आधा पैसा “हराएको” छ। उनले निर्वाचन गर्न अस्वीकार गरेका छन्, युक्रेनी सर्वेक्षणहरूमा उनको लोकप्रियता निकै कम छ, र उनी राम्रोसँग गर्न सक्ने एक मात्र कुरा भनेको बाइडेनलाई “सारंगी जस्तै बजाउनु” थियो। चुनावबिनाको एक तानाशाह, जेलेन्स्कीले चाँडै कदम चाल्नुपर्छ, नत्र उनको देश नै बाँकी रहनेछैन। यसैबीच, हामी रूससँग युद्ध अन्त्य गर्ने वार्ता सफलतापूर्वक गरिरहेका छौँ, जुन सबैले स्वीकार्छन् कि मात्र “ट्रम्प” र ट्रम्प प्रशासनले गर्न सक्छ। बाइडेनले कहिल्यै प्रयास गरेनन्, युरोपले शान्ति ल्याउन असफल रह्यो, र सम्भवतः जेलेन्स्कीले “सुविधाजनक भ्रष्ट प्रणाली” लाई जारी राख्न चाहन्छन्।म युक्रेनलाई माया गर्छु, तर जेलेन्स्कीले अत्यन्तै नराम्रो काम गरेका छन्, उनको देश टुक्रिएको छ, र लाखौँ मानिसहरू अनावश्यक रूपमा मारिएका छन् – र यसरी नै यो जारी छ।

यसरी ट्रम्पको सार्वजनिक अभिव्यक्तिले उनी र उनको राजनीतिक भविष्य सुखद् होईन ,थप संकट र सन्देहमा पर्ने देखिन्छ भने उनले पनि लेण्डुप डोर्जेले झै अपमान र तिरस्कार भोग्नेछन्।जेलेन्सीक जसरी हास्यव्यंगबाट राजनीतिमा उदाएका थिए, त्यसैगरी पतन हुने अन्तर्राष्ट्रिय विश्लेषण भइरहेका छन् ।


अन्तर्राष्ट्रिय शक्तिको लहडमा लाग्दा सन १९७५ अप्रिल २६ तारिखमा सिक्किम विश्वमान चित्रबाट सदाको लागि विलिन भयो,भने सिक्किम भारतको २२ औ प्रान्त बन्यो। विरूभाइ पटेलले अघि सारेको दक्षिण एशिया निल्ने अभियानको हावाहुरीमा विलिन भएको सिक्किम अब कहिल्यै अस्तित्वमा नआउने गरि नामेट भयो। अब यस्तै नियति युक्रेनले पनि भोग्ने देखिन्छ ।अमेरिकी शर्त अनुसार उनी अघि बढेनन् भने रूसमा युक्रेन गाभिने छ। जेलेन्स्कीले पनि लेण्डुपले झै अन्तिममा अपमान र तिरस्कार झेल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com