ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्खुमा रामकृष्णको शंकास्पद मृत्यु ४ जनामाथि अनुसन्धान, २ जना छाडियो


एबीसी न्यूज
फाल्गुन ८, २०८१ बिहीबार  १ : १६ बजे

काठमाडौं ८ फागुन । बल्खुको तरकारी बजारनजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ६ जनामध्ये २ जनालाई छाडेको छ ।

मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये २ जनाको कुनै संलग्नता नदेखिएको भन्दै सामान्य सोधपुछ गरेर छाडिएको छ ।

बाँकी ४ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

अनुसन्धान अधिकृतका अनुसार एक जनाले विवाद भएपछि कुटपिट गर्दा हत्या भएको समेत दाबी गरेका छन् । यद्यपि हत्याको यकिन भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हत्याको आशंका गरेर शव पोस्टमार्टमका लागि पठाइए पनि रिपोर्ट आउन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

‘हत्याको आशंका हो । तर, पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले अहिले यकिन हुन बाँकी नै छ’, एसएसपी अधिकारीले भने ।

बुधबार मृत भेटिएका दाहाल बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्थे । मृतकको टाउकामा चोट समेत लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com