काठमाडौं ७ फागुन । भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालका विषयमा मृत भेटिएको घटनाबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ।
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लम्साल मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गराई दोषीलाई कारबाही गराउने विषयमा छलफल भएको बैठकमा सहभागी कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले जानकारी दिए।
‘त्यो विषयमा व्यापक छलफल भयो’, मन्त्री अधिकारीले भने, ‘राज्यको तर्फबाट नेपाल प्रहरीका वरिष्ठ अधिकारी दूतावासका माध्यमबाट त्यहाँ पठाइएको छ। उताबाट रिपोर्ट आएपछि थप छलफल गर्ने भनिएको छ।’ केआईआईटीमा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न पुगे नेपाल प्रहरी
केआईआईटीमा बी(टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमै मृत भेटिएकी थिइन्।
यस घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्