ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा एमसीसी परियोजना स्थगित


एबीसी न्यूज

काठमाडौं ७ फागुन । अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ ।

साउदी अरेबियामा भएको वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति सम्झौताअन्तर्गत नेटो देशका शान्ति सेनालाई स्वीकार नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले रुस युद्ध अन्त्यका लागि प्रक्रिया थाल्ने पक्षमा भएपनि युक्रेन सामेल भएर नेटो रक्षा गठबन्धनको कुनै पनि विस्तार रूसको लागि प्रत्यक्ष खतरा हुने भन्दै रूसको अघिल्लो अडानलाई दोहोर्‍याउनुभएको हो ।

यसैबीच युरोपेली नेताहरूले युक्रेनसँगको शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रुस र अमेरिकाबीचको वार्ता प्रयासका बारेमा संयुक्त धारणा बनाउन पेरिसमा बैठक बसे पनि मत बाझिएकाले वैठक बिना निष्कर्ष सकिएको छ ।

बेलायतले आवश्यक परे युक्रेनमा आफ्ना सेना तैनाथ गर्न सक्ने बताइरहदा जर्मनी, पोल्याण्ड लगायतका अरु देशले युरोपेली सेना तैनाथ गर्नु युक्रेनमा शान्ति कायम गर्ने सबैभन्दा जटिल र कम प्रभावकारी तरिका हुने बताइरहेका छन् ।

यस्तै रुस र अमेरिकाले युद्ध अन्त्यका लागि वार्ता शुरू गर्न छुट्टै टोली तोक्ने सहमति गरेका छन् । बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हिजोको वार्ता युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो चरणको भएको तर महत्त्वपूर्ण रहेको बताउनुभएको खबरमा उल्लेख छ । तर युक्रेनलाई वार्तामा नबोलाइएकोले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वार्ताका प्रस्ताव र निर्णय स्वीकार नगर्ने बताउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com