ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति


एबीसी न्यूज

काठमाडौं ५ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले संविधानले दुई सदनको संसदीय प्रणाली अवलम्बन गरेको स्मरण गरे । यी दुई सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने उनको आग्रह छ ।
‘यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ,’ पन्तले भने, ‘हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैंमा दुःखद हो ।’

राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर सोमबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।
यसप्रति एमाले सांसद पन्तले आपत्ति जनाएका हुन् । यस्तो द्वन्द्व बढ्दै गए दुइटा सदनको बीचमै द्वन्द्व उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उनले दोहोर्‍याए ।
तथापि, शाहीको अभिव्यक्ति पनि उचित नरहेको पन्तले बताए । ‘राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । राष्ट्रिय सभा भनेको पाकाहरूको सभा हो । त्यो सदनलाई हामीले वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्ने काम गर्न हुँदैन,’ पन्तले भने ।

लोकतन्त्र सुसस्कृत प्रणाली भएको बताउँदै उनले एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्ने बताए । आफ्नो असहमतिलाई संसदीय भाषा र मर्यादामा रहेर राख्नुपर्ने उनले बताए ।

तथापि, प्रतिनिधि सभा सदस्यले प्रतिनिधि सभामा बोलेको विषयलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव नै पारित गर्ने विषय उचित नरहेको उनले बताए ।

‘जसरी प्रतिनिधि सभाका एक जना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ त्यो आफैँमा दुःखद हो,’ उनले भने । यो घटनाबाट पाठ सिकेर कसैलाई दोष नदिएर आगामी दिनमा दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने गरी सबैले भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com