काठमाडौं ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा रकम हिनामिना भएको आशंका गरेका छन् । कुल ३९ हजार घरधुरी भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै उनले आइतबार संसद्मा प्रश्न उठाएका हुन् ।
सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले सांसद प्रकाश ज्वालाको प्रश्नको जवाफ दिंदै उक्त कुरा उठाएका हुन् ।
‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ, प्रधानमन्त्री ओलीको प्रश्न थियो, कहाँबाट आए त्यत्रा घर रु त्यो ठाउँमा ३७ हजार घर भत्किएको तथ्यांक छ, अनि ४८ हजारलाई कसरी रकम वितरण गरियो रु के भएर यस्तो भयो ?








प्रतिक्रिया दिनुहोस्