काठमाडौं २ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर देउवाले गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजय गच्छदार, कृष्ण सिटौला, बालकृष्ण खाण, उमाकान्त चौधरी, एनपी साउद र प्रकाशशरण महतलाई बोलाएर छलफल गरेका हुन्।
छलफलमा सहभागी एक नेताका अनुसार आगामी महाधिवेशनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुरा भएको थियो।
पार्टीको महाधिवेशनदेखि समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो, उनले भने। बैठकमा सभापति देउवाले महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएको उनको भनाइ छ।
यो टिम एक भएर अगाडि बढ्नुपर्नेछ। पार्टीलाई पनि यही आवश्यकता छ, देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, आगामी महाधिवेशनको तयारी गर्नू, महाधिवेशलाई कसरी सुदृढ बनाउने त्यता पनि ध्यान दिनू।
देउवाले पार्टीको विरासतलाई नभुल्न पनि भनेका छन्। देउवाले निर्देशन दिँदै भने, कार्यकर्ताबीच एकता कायम राख्न तपाईंहरू एक हुनुपर्छ। पार्टीको राजनीतिक मूल्यमान्यता र विरासत बिर्सिन हुन्न। इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्नू। देउवालाई दुई(दुईपटक सभापति बनाउन सहयोग गर्ने नेताहरूले बूढानीलकण्ठ पुगेर भेट गरेको नेता गोपालमान श्रेष्ठले भने
हामी १० औं महाधिवशेनदेखि सँगै भएका साथीहरू र पार्टीको सभापतिमा शेरबहादुर देउवालाई दुईरदुईपटक निर्वाचित गराउन भूमिका खेलेकाहरू बूढानीलकण्ठ पुगेर भेट गरेका हौँ, उनले भने, पार्टीको आन्तरिक राजनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भयो। यस्ता छलफल जारी राख्ने गरी आजलाई टुंग्याइयो।
प्रतिक्रिया दिनुहोस्