काठमाडौं २ फागुन । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा। कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले विधानको धारा ३६ ९घ० बमोजिम प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन् ।
कास्कीका नेता पौडेल हाल काठमाडौँमा रहेर पार्टीको प्रशिक्षण कार्यहरूमा सक्रिय थिए । यसअघि उनले पार्टीको शिक्षा विभागमा समेत सदस्य सचिव भएर काम गरेका थिए ।
त्यस्तै, उपसभापति खड्काले अनुसन्धानतर्फको निर्देशकमा चितवनका डा। सञ्जय महतो थारूलाई नियुक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्