काठमाडौं १ फगुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा भेटघाट गर्ने कुरा भएको बताएका छन्।
पुटिनसँग फोनवार्तापछि ह्वाइट हाउसमा ट्रम्पले पत्रकारहरूलाई भने, ‘हामी साउदी अरेबियामा भेट्नेछौँ।’
तर कहिले भेट्ने, कुनै मिति तोकिएको छैन। यसअघि ट्रम्पले पुटिन युक्रेन युद्ध ुतुरुन्तैु अन्त्यका लागि वार्ता सुरु गर्न सहमत भएको दाबी गरेका थिए।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताएका छन् भने अमेरिकी राष्ट्रपतिले ‘यो सँगै काम गर्ने समय हो’ भनेका छन्।
रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध सुरु भएको थियो। त्यसबेलादेखि अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ।








प्रतिक्रिया दिनुहोस्