काठमाडौं १ फगुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्।
यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए। यो जानकारी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार दिएकी हुन्।
लेभिटले जेलेन्स्की र ट्रम्प बीचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताएकी छन्। उनका अनुसार अमेरिकी सरकार शान्ति सम्झौता र रुस(युक्रेन युद्ध अन्त्य गर्न प्रतिबद्ध छ।
लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेकी छन्, ‘अमेरिका र युक्रेनी नेताहरूबीच शुक्रबार म्युनिखमा हुने बैठकबारे वार्ता भएको छ।’
त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पसँग लामो कुराकानी भएको जानकारी दिएका छन्।
उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकामा म आभारी छु। उहाँ ९ट्रम्प० ले मलाई राष्ट्रपति पुटिनले भनेको कुरा सुनाउनुभयो।’
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग कुरा भएको र आफूहरू भेटवार्ता गर्ने तय भएको बताएका थिए।
रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ। जसमा नेपालीहरू समेत होमिएका छन्।








प्रतिक्रिया दिनुहोस्