ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठबाट पक्राउ परेका २३ भारतीयको कारोबार ३ अर्ब बढी भेटियो


एबीसी न्यूज

काठमाडौं २९ माघ । काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका २३ जना भारतीयले अवैध रुपमा ३ अर्ब बढीको कारोबार गरेको विवरण फेला परेको छ। बूढानीलकण्ठको एक घर भाडामा लिएर उनीहरूलाई अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको प्रहरीको दाबी छ। आइतबार बेलुकी जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूले कारोबार गरिरहेको उक्त घरमा छापा मारेको थियो। आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरूले उक्त घरमा एक वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी गर्दै आएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको छ। अनलाइन वेटिङ साइटमार्फत ठूलो मात्रामा रकम हारजित हुने गरी सट्टेबाजी खेल्ने खेलाउने कार्य गरेको एसपी बोहराले बताए।
गेमिङ साइटको बारेमा एजेण्टहरूको सम्पर्क नम्बरसहितको विवरण राखेर फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा विज्ञापन राखी प्रचार(प्रसार गर्ने गरेको पाइएको छ। बरामद भएको नोटबुकको अध्ययन गर्दा प्रतिवादीहरूले ३ अर्ब १३ करोडभन्दा बढी नेपाली रकमको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ।
उनीहरूको मोबाइलमा ८६ लाख ९१ हजार ९७१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबारसमेत भएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका भारतीयका ८८ वटा मोबाइल, १० वटा ल्यापटप, भारतीय सिम ५०, भारतीय एटीएम, विभिन्न व्यक्तिको आधार कार्ड १५ थान र हिसाब(किताब विवरण भएको डायरी ७ वटा बरामद भएको छ।
यी हुन् पक्राउ परेका २३ भारतीय
वकिल कुमार यादव
किशोरी प्रसाद यादव
रोहितकुमार यादव
मुन्नाकुमार यादव
बादलकुमार जैसवाल
रावलकुमार यादव
विपिनकुमार यादव
शंकर कुमार यादव
रोहित कुमार
भवेश कुमार
अभिषेक कुमार
कुलबिन्दर सिंह
हर्ष जैसवाल
सुरज शाह
श्रेष्ठ गुप्ता
बिठ्ठु कुमार
सुनिल कुमार जैसवाल
मोहम्मद साहिद मालिक
सौरभ खरुवा
चन्दन यादव
श्याम कुमार
एस बालकृष्ण
सुरेन्द्र कुमार

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com