ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीको पुलको बिम चर्कियो


एबीसी न्यूज

काठमाडौं २९ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लालाई जोड्ने बागमती नदीको पुलको मर्मत थालिएको छ। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर डाइभर्सन बनाएर पुल मर्मत गर्न सुरु गरेको हो। केही दिन अगाडि पुलको बिम ९गिर्डर० चर्किएको थियो।

पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिए।

यही माघ २६ गते डाइभर्सन बनाएर २८ गतेदेखि पुल मर्मतको काम थालिएको उनले बताए। करिब ५५ वर्षअघि नेपाल सोभियत संघ सहयोगअन्तर्गत निर्माण भएको वाग्मती नदी पुलको चार–पाँच नम्बर स्परको बीचमा रहेका बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कङ्क्रिट फुटेको छ।

पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने काम भइरहेको प्रमुख कर्णले बताए। यही बेला अन्य बिमको पनि सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था हेर्ने उनको भनाई छ। आगामी फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।

चौबिसै घण्टा व्यस्त रहने पुलको यथाशीघ्र मर्मत गरेर पुलबाट सवारी सञ्चालन गराउने लक्ष्य लिएको उनले बताए।

पुलको ४–५ नम्बर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको सुझावका आधारमा मर्मत सुरु गरिएको उहाँको भनाइ छ।

माघ २५ गते सडक डिभिजन कार्यालयले पत्रचार नै गरेर २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। पुलको बिम चर्किएपछि सवारी आवागमन थप जोखिमपूर्ण बनेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com