काठमाडौं २७ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन्।
आइतबारको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रुपमा सम्भाव्य देखिएको बताए।
मन्त्री दाहालले गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने दाबी गरे। उनले सोही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने बताए। यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको उनको भनाई थियो। नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेको उनले बताए।
उनले भने, ‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रुपमा सम्भाव्य देखिन्छ। सो गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ। यही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ। यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको छ।’
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी छलफल सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस्