काठमाडौं २७ माघ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भूमि अध्यादेशमा भएका केही व्यवस्था आपत्तिजनक भएको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले मन्त्रालयको काम प्लटिङ गर्ने नभएको बताएका हुन्।
मन्त्रालयको स्वीकृतिमा किनबेच गर्ने हो जग्गारु कहाँ छ यो व्यवस्थारु मन्त्रालयले प्लटिङ गर्ने होरु,ु उनले भने, यो विषय र प्रक्रियागत ढंगले विरोध गरेका हौँ।
उनले यही अध्यादेशको व्यवस्थाअनुसार सुकुम्वासीले पाउने जग्गा अन्यले पाउन सक्ने जोखिम भएको पनि बताए।
नदी, खोला किनार, निकुञ्ज आरक्षणको जग्गा पाउन सक्छन्, सुकुम्वासीलेरु गरिब, किसानलाई अघि सारेर के गर्न खोजेको होरु,उनले भने।
सुकुम्वासीले जग्गा पाउने विषयमा आफ्नो पार्टीको समर्थन रहेको उनको भनाइ छ। उनले अहिलेको अध्यादेशले सुकुम्वासीले मात्रै जग्गा पाउँछन् भन्ने प्रस्ट नगरेको बताए।
अभिव्यक्तिलाई लिएर थुन्ने गरी ल्याइएको सामाजिक सञ्जाल विधेयक अहिलेकै अवस्थामा स्वीकार्न नसकिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्