काठमाडौं २७ माघ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले किसानलाई दुस्ख दिइरहेका बाँदर र बँदेललाई मार्नका लागि लाइसेन्सको व्यवस्था गरेर बन्दुक उपलब्ध गराउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले बाँदरको प्रतिशोधमा जंगलमा आगो लगाउने काम भइरहेको पनि बताए। उनले बाँदर लखेट्न किसानले जंगलमा डढेलो लगाउन थालेको गुनासो आइरहेको पनि बताए।
बाँदरको प्रतिशोधमा जंगलमा आगो लगाउने कार्यले विपत्ती निम्त्याएको छ। बाँदरले, बँदेलले बाली खाएको छ यसको निवारण भनेको अर्धस्वचालित बन्दुकको लाइसेन्स उपलब्ध गराउनु हो, उनले भने, नीति स्पष्ट गर्ने हो कि ?
प्रतिक्रिया दिनुहोस्