काठमाडौं २७ माघ । दिल्लीकी मुख्यमन्त्री आतिशीले आइतबार बिहान पदबाट राजीनामा दिएकी छन्। आम आदमी पार्टीबाट दिल्लीकी मुख्यमन्त्री रहेकी आतिशीले दिल्ली विधानसभा चुनावको नतिजा आएको भोलिपल्ट दिल्लीका उपराज्यपाल वीके सक्सेनाको राज निवासमा गएर आफ्नो राजीनामा बुझाएकी हुन्।
उनले राजीनामा दिएको जानकारी राज निवास दिल्लीको एक्स ह्यान्डलमा दिइएको छ।
तस्बिर सेयर गर्दै लेखिएको छ, ‘माननीय उपराज्यपाल वीके सक्सेनाले माननीय मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभयो। उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गर्नुभयो।’
दिल्ली विधानसभा चुनाव २०२५ को नतिजा शनिबार ९फेब्रुअरी ८ ० मा घोषणा भइसकेको छ। जसमा भाजपाले बहुमत ४८ सिट जितेको छ भने आम आदमी पार्टी २२ सिटमा खुम्चिएको छ।
२७ वर्षपछि भाजपा दिल्ली सत्तामा फर्किएको हो। कंग्रेसले भने यसपटक एउटा पनि सिट जित्न सकेन।
प्रतिक्रिया दिनुहोस्