काठमाडौं २७ माघ । हमासले शनिबार गाजामा तीन इजरायली बन्धकलाई मुक्त गरेको छ। बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको छ।
हमासले एली शराबी, ओर लेवी र ओहद बिन अमी नामका बन्धकलाई छाडेको हो। बीबीसीका अनुसार यी तीन जनालाई स्थानीय समय शनिबार बिहान रेडक्रसको जिम्मा लगाइएको हो।
हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ। युद्धविराम सम्झौताअन्तर्गत अहिलेसम्म हमासले २१ बन्धक मुक्त गर्यो भने बदलामा इजरायलले ५६६ कैदी रिहा गरेको छ।
युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १,९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ।
तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको भने मृत्यु भइसकेको इजरायलको भनाइ छ।








प्रतिक्रिया दिनुहोस्