ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ममता कुलकर्णी दिनभर हवन गर्थिन् र राति रक्सी पिउँथिन् ?


एबीसी न्यूज

काठमाडौं २५ माघ । लामो समयपछि विदेशबाट भारत फर्किएदेखि नै बलिउड अभिनेत्री ममता कुलकर्णी चर्चामा छिन्।

चलचित्र क्षेत्र छाडेर आफू लामो समयदेखि आध्यात्मिक यात्रामा रहेको उनले बताएकी छन्।

हालै उनलाई किन्नर अखाडाको महामण्डलेश्वरसमेत बनाइएको थियो। तर त्यहाँ सन्तहरूले व्यापक विरोध गरेपछि उनलाई पदबाट निकालियो। उनी केवल सात दिन मात्र महामण्डलेश्वर पदमा रहिन्।

यसैबीच आफूले २३ वर्षदेखि कुनै पनि वयस्क फिल्म नहेरेको बताएकी छन्।

यस क्रममा ममताले नवरात्रिको ९ दिन उपवास बस्दा भएको विवादबारे पनि मुख खोलेकी छन्।

उनीविरुद्ध के आरोप छ भने उनी दिनभर व्रत बस्ने तर रातमा दुई पेग पिउँथिन्। उनी ताज होटल जान्थिन्। यो त्यतिबेलाको कुरा हो, जतिबेला उनी फिल्ममा काम गरिरहेकी थिइन्। यस विषयमा धेरै विवाद भयो।

ममताले भनिन्, ‘जतिबेला म बलिउडमा थिएँ, १९९७ मा मेरो जीवनमा मेरो गुरु आउनुभयो। बलिउडमा काम गर्दा मेरो जीवन कडा दिनचर्यामा चल्थ्यो। म सुटिङमा जाँदा तीनवटा झोला बोकेर जान्थेँ। एउटा झोलामा मेरा लुगाहरू थिए भने अर्को झोलामा मेरो पोर्टेबल टेम्पल थियो। यो मन्दिर मेरो कोठाको टेबलमा बनाइएको थियो, जहाँ म काममा जानुअघि पूजा गर्थें। यो अनुष्ठान पूरा गरेपछि मात्र म मेरो सुटिङ तालिकामा जान्थेँ।’

ममताले अगाडि भनिन्, ‘म नवरात्रमा व्रत बस्थेँ। यो नवरात्र नौ दिनको सिद्धि हो। मैले बिहान, दिउँसो र साँझ तीन पटक उपवास बस्ने र हवन गर्ने संकल्प गरेकी थिएँ। मैले नौ दिनसम्म पानी मात्र पिएँ। मैले ३६ किलोग्राम चन्दन प्रयोग गरेर यज्ञ गरेँ।’

‘नवरात्रिमा डिजाइनरसँग रक्सी पिएँ’
‘मेरो डिजाइनर, जो त्यतिबेला बलिउडबाट थिए, एक दिन मलाई भने, ुममता, तिमी के गर्दै छौरु तिमी धेरै गम्भीर भइसक्यौ। उठ, नौ दिन धेरै लामो भयो, अब जाऔँ।ु त्यसपछि हामी ताज हेर्न गयौँ। यसरी नै एक वा दुई नवरात्र बित्यो। म स्कच पिउँथेँ, तर दुई पेग पिएपछि मलाई बाथरुम जान हतार हुन्थ्यो। यस्तो लाग्थ्यो( रक्सीको नशा मेरो दिमागमा गाडिइसक्यो। नौ दिनको तपस्या र पोषणको अभावले मलाई थकित बनायो। मलाई मेरो भित्री भाग जलिरहेको जस्तो महसुस भयो। म ४० मिनेटसम्म बाथरुममा बसिरहेको थिएँ।’

ममताले आफ्नो अवस्थाबारेमा थप व्याख्या गर्दै भनिन्, ‘यो सबै १९९६(९७ मा भएको थियो। दुई वर्षसम्म मेरो गुरुले देख्नुभयो कि बलिउडले मलाई यो बाटोमा लामो समयसम्म रहन दिने छैन। त्यसैले उनले मेरा लागि तपस्या गर्ने ठाउँ रोजे जहाँ १२ वर्षसम्म कसैले मलाई भेट्न पाउने छैनन्।’

भारतीय सञ्चारमाध्यमका अनुसार ममताले वर्षौं दुबई र केन्यामा बिताइन्। भनिन्छ कि उनले त्यहाँ १२ वर्षसम्म सन्तको जीवन बिताइन्। अहिलेसम्म उनी त्यही बाटोमा हिँडिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com