ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको जेलमा रहेका दुई नेपालीको उद्धार, प्रलोभनमा परेर युक्रेन नजान दूतावासको आग्रह


एबीसी न्यूज
माघ २५, २०८१ शुक्रबार  १० : १५ बजे

काठमाडौं २५ माघ । नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई जना नेपालीको उद्धार भएको छ । अध्यागमन कानून उल्लङ्घनका कारण २०२४ को ‘मे’ महिनादेखि युक्रेनको जेलमा रहेका उनीहरुलाई हिजो नेपाल फर्काइएको हो ।

विभिन्न निकायको सहयोग लिएर युक्रेनबाट उद्धार गरी उनीहरूलाई नेपाल फर्काइएको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपाल फर्कनका लागि जहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली सङ्घको मुख्यालयले गरेको थियो ।

दूतावासले बारम्बार सचेत गराउँदा पनि मानव तस्करहरूको प्रलोभनमा परेर अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन गैरहेको भन्दै विषम परिस्थितिमा रहेको कारण युक्रेनमा कुनै पनि प्रयोजनाको लागि वा कुनै प्रकारको प्रलोभनमा परेर नजान पुनः सचेत गराएको छ ।

कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपद्मा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकोले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासले यसअघि पनि टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन र झुटा विवरणको प्रचार भइरहेको भन्दै पोल्यान्डलगायत देशमा जानुअघि सावधानी अपनाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com