ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय स्वदेश पुगे


एबीसी न्यूज
माघ २३, २०८१ बुधबार  ७ : १७ बजे

काठमाडौं २३ माघ । अमेरिकाले आफ्नो देशमा अवैध रूपमा रहेका केही भारतीय आप्रवासीलाई उनीहरूकै देशमा पुर्‍याइदिएको छ ।

भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज आज दिउँसो पञ्जाब प्रान्तको अमृतसरमा रहेको श्री गुरू रामदास जी अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । विमानमा ७९ पुरुष, २५ महिला र १३ बालबालिका गरी १ सय १७ जना आएका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ११ जना चालक दलका सदस्य रहेको विमानमा ४५ जना अमेरिकी अधिकारी पनि आएका थिए ।

भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेसँगै अमेरिकाले गैरकानूनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरूलाई ुडिपोर्टु गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकको न्यायसङ्गत फिर्तीका लागि तयार रहेको बताउनुभएको थियो ।

अमेरिकाले यसअघि आफ्दो देशमा रहेका अवैध आप्रवासीमध्ये १७ हजार ९ सय ४० जना भारतीयलाई फर्काउने भन्दै सूची सार्वजनिक गरेको थियो । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा झन्डै ७ लाख २५ हजार कागजविहीन भारतीय आप्रवासी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com