काठमाडौं, २ चैत । प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छिन् ।
प्रतिनिधिसभाको उपसभामुखका लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तर, वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे विजयी भएकी छन् ।
तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ ।
तुम्बाहाम्फेभन्दा अघि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले दिएको मनोयनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। प्रस्तावको पक्षमा ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो। मत विभाजनमा २६२ सांसद उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस्