ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाममा दुई किशोरीको मृत्युबारे सांसद्ले मागे सरकारको जवाफ


एबीसी न्यूज
माघ २०, २०८१ आईतबार  ५ : ०७ बजे

काठमाडौं २० माघ । अछामको ढकारीमा केही दिनअघि भएको दुई किशोरीको रहस्यमय मृत्यु घटनाको गम्भीर अनुसन्धान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले घटनाको धेरै दिन बितिसक्दा पनि घटनाको रहस्य खुल्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद गंगाकुमारी बेल्बासे र शारदादेवी भट्टले घटनामा संलग्नलाई कारबाही गर्न पनि सरकारसँग माग गरे ।

ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का १२ माघको बेलुकी मृत फेला परेका थिए । शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएका दुवै किशोरी हराएका थिए ।

दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेपछि प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

जंगलबाट नफर्किएपछि परिवारले शनिबार साँझ ६ः४० बजे प्रहरीलाई खबर गरेका थिए । भने अनुसन्धानको क्रममा किशोरीसँगै गोठालो गएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

घटनाको नौ दिन बितिसक्दासमेत प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै सांसदहरूले राष्ट्रिय सभामार्फ्त सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै, बालेनसँगको भेट अझै अनिश्चित

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com