ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्गद्वारी गुठीका मोही किसानले माइतीघरमा अनिश्चितकालीन धर्ना थाले


एबीसी न्यूज

काठमाडौं २० माघ । दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्यायको माग गर्दै काठमाण्डौको माइतीघरमा धर्ना थालेका छन् । हलो, कुटो कुदालोसहितका कृषि औजार लिएर आएका गुठी पीडित किसानहरूले माइतीघरको सडकमा केहीबेर प्रदर्शन गरेपछि धर्नामा बसेका हुन् ।

गुठी पीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने माग गर्दै आजदेखि अनिश्चितकालीन धर्नामा बसेको उनीहरूले बताएका छन् । स्वर्गद्वारी आश्रमका मोही किसानको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरू धर्नामा उत्रिएको सङ्घर्ष समितिका सचिव भरत गिरीले जानकारी दिनुभयो ।

२०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएकोमा आफूहरूको मागबारे सरकारले सुनुवाइ नगरेपछि अहिले काठमाण्डौमै आएर धर्ना बस्नुपरेको गिरीले बताउनुभयो ।

स्वर्गद्वारी गुठीको मोहीमा दाङका १२ गाउँमा ३ हजार ५ परिवारका १६ हजार जनसङ्ख्याको बसोबास छ । किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको पुस्तौं बिते पनि जग्गा भने स्वर्गद्वारी गुठीको नाममा छ । आफूहरूसँग भएको मोहियानी हक पनि सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको पीडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com