ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी, बाग्मती र गण्डकीमा मौसम बदली : एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना


एबीसी न्यूज
माघ १६, २०८१ बुधबार  ८ : ५० बजे

काठमाडौं १६ माघ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली छ ।

यी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा आज दिनैभर नै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ ।

पश्चिम तराईमा हिजो दिउँसो हुस्सु तथा कुहिरो हटेर भिजिविलिटीमा समेत केही सुधार देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पनि तराईका केही ठाउँमा हुस्सु हट्ने सम्भावना छ ।

यीबाहेक देशका अरु भागमा आज मौसम सफा नै छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । हिजोको भन्दा आज न्यूनतम तापक्रम बढेको हो । त्यस्तै आज काठमाण्डौमा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com