ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्‍याउने खतरा – ह्युमन राइट्स वाच


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  ७ : २५ बजे

काठमाडौं १५ माघ । बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्‍याउने खतरा रहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ुह्युमन राइट्स वाचु एचआरडब्ल्यू ले चेतावनी दिएको छ ।

पत्रकारहरूविरुद्धको प्रतिशोध र जथाभाबी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानूनी दुरुपयोगहरू अन्तरिम सरकारले पनि दोहोर्‍याउने खतरा रहेको एचआरडब्ल्यूले चेतावनी दिएको एएफपीले जनाएको छ ।

विद्यार्थी नेतृत्वको क्रान्तिले आफ्नो १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेपछि हसिना गएको अगस्टमा भारततर्फ भाग्नुभएको थियो । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले दूरगामी लोकतान्त्रिक सुधारहरू स्थापना गर्ने र नयाँ चुनाव गर्ने वाचा गर्दै केही दिनपछि कार्यभार सम्हालेको थियो ।

एचआरडब्ल्यूले आज निकालेको प्रतिवेदनमा युनुसको प्रशासनले हसिनाको आवामी लिग पार्टीका विरोधीहरूलाई यातना दिने साधनका रूपमा प्रयोग गरिएका कमजोर संस्थाहरूको सुधार प्रक्रिया शुरू गरेको बताएको छ । तर ह्युमन राइट्स वाच ९एचआरडब्ल्यू० का एशिया निर्देशक इलेन पियर्सनले यदि अन्तरिम सरकारले द्रुत र संरचनात्मक सुधारहरू कार्यान्वयन नगरे कठिन मेहनतले प्राप्त प्रगति सबै गुम्न सक्ने चेतावनी दिनुभएको छ ।

हसिनाको निष्कासनपछि दुई महिनामा १०औं हजार मानिसविरुद्ध आरोप दर्ता गर्दै प्रहरीले हसिनाका समर्थकहरूलाई लक्षित गर्न ‘अघिल्लो सरकारको जस्तै दुर्व्यवहारपूर्ण अभ्यासहरूमा फर्केको’ प्रतिवेदनले जनाएको छ ।

अन्तरिम सरकारले हसिनाको सरकारलाई समर्थन गर्ने पत्रकारहरूविरुद्ध कडा कारबाही गरेको पनि प्रतिवेदनमा उल्लेख छ । युनुसको सरकारले अहिलेसम्म प्रतिवेदनमाथि टिप्पणी गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com