ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्‍याउने खतरा – ह्युमन राइट्स वाच


एबीसी न्यूज

काठमाडौं १५ माघ । बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्‍याउने खतरा रहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ुह्युमन राइट्स वाचु एचआरडब्ल्यू ले चेतावनी दिएको छ ।

पत्रकारहरूविरुद्धको प्रतिशोध र जथाभाबी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानूनी दुरुपयोगहरू अन्तरिम सरकारले पनि दोहोर्‍याउने खतरा रहेको एचआरडब्ल्यूले चेतावनी दिएको एएफपीले जनाएको छ ।

विद्यार्थी नेतृत्वको क्रान्तिले आफ्नो १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेपछि हसिना गएको अगस्टमा भारततर्फ भाग्नुभएको थियो । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले दूरगामी लोकतान्त्रिक सुधारहरू स्थापना गर्ने र नयाँ चुनाव गर्ने वाचा गर्दै केही दिनपछि कार्यभार सम्हालेको थियो ।

एचआरडब्ल्यूले आज निकालेको प्रतिवेदनमा युनुसको प्रशासनले हसिनाको आवामी लिग पार्टीका विरोधीहरूलाई यातना दिने साधनका रूपमा प्रयोग गरिएका कमजोर संस्थाहरूको सुधार प्रक्रिया शुरू गरेको बताएको छ । तर ह्युमन राइट्स वाच ९एचआरडब्ल्यू० का एशिया निर्देशक इलेन पियर्सनले यदि अन्तरिम सरकारले द्रुत र संरचनात्मक सुधारहरू कार्यान्वयन नगरे कठिन मेहनतले प्राप्त प्रगति सबै गुम्न सक्ने चेतावनी दिनुभएको छ ।

हसिनाको निष्कासनपछि दुई महिनामा १०औं हजार मानिसविरुद्ध आरोप दर्ता गर्दै प्रहरीले हसिनाका समर्थकहरूलाई लक्षित गर्न ‘अघिल्लो सरकारको जस्तै दुर्व्यवहारपूर्ण अभ्यासहरूमा फर्केको’ प्रतिवेदनले जनाएको छ ।

अन्तरिम सरकारले हसिनाको सरकारलाई समर्थन गर्ने पत्रकारहरूविरुद्ध कडा कारबाही गरेको पनि प्रतिवेदनमा उल्लेख छ । युनुसको सरकारले अहिलेसम्म प्रतिवेदनमाथि टिप्पणी गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com