ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रश्न उठाउनेविरुद्ध ‘अभद्र व्यवहार’मा मुद्दा चलाउनु मानवअधिकारको उल्लंघन- सांसद गौतम


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  ६ : ५१ बजे

काठमाडौं १५ माघ । सरकारका कामकारबाहीविरुद्ध आवाज उठाउने नागरिकविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएर सरकारले मानवअधिकारको उल्लंघन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् ।

सरकारले नागरिकका समस्या समाधान गर्न नसक्दा विरोधमा आवाज उठिरहेको र त्यस्तो गर्नेविरुद्ध मुद्दा चलाउने काम हुनु गलत रहेको गौतमको भनाइ थियो ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा सांसद गौतमले भनिन्, ुसरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन । अनि नागरिक आक्रोशित शैलीमा प्रस्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको मानव अधिकारको उल्लंघन हो ।

सरकारले पहिला थुन्ने र त्यसपछि मात्रै अदालतमा अभियोजन गर्ने अभ्यासलाई व्यापक बनाएकोमा पनि सांसद गौतमको असन्तुष्टि थियो । त्यसरी सरकारले नागरिकको मानवअधिकार उलंघन र स्वतन्त्रताको हक हरण गरिरहेको उनले बताइन् ।

‘तीन वर्षभन्दा कम सजाय हुने कसुरमा जमानत पाइन्छ, यो सबैको अधिकार नै हो । राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन्नु भनेकोमा सरकार पक्षबाट कानुनको दुरुपयोग गरेर, कानुनले थुन्न पाउँदासम्म त्यो एक्सेसिभ राइटु हुँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ, गौतमले भनिन्, यो मानव अधिकारको गम्भीर उल्लंघन हो ।

कसैले सार्वजनिक रूपमा आवाज उठाएमा पक्राउ गरिहाल्ने प्रवृत्ति बढेको पनि सांसद गौतमको भनाइ थियो । उनले भनिन्, सरकारले अहिले कसैले बोल्यो, सार्वजनिक रुपमा प्रश्न उठायो भने पक्राउ गरिहाल्ने र कति दिन हुन्छ अनुसन्धान प्रक्रियाको लागि भनेर थुनामा राख्ने अनि निश्चित समयपछि अभियोजन गर्ने प्रवृति देखिएको छ । डर, त्रासको वातावरण सिर्जना गर्ने अनि न्यायिक प्रक्रियामा सरकार गइरहेको खिन्छ । यो एक व्यक्तिको कुरा होइन । अहिले प्रवृत्ति नै यही देखिएको अवस्था छ ।

पक्राउ गरिएको व्यक्तिविरुद्ध सरकारले लगाएको अभियोग अदालतबाट पुष्टि नभए त्यसको मानव अधिकार र स्वतन्त्रता हनन हुन्छ कि हुँदैन भनेर सांसद गौतमले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई प्रश्न गरेकी थिइन् । गम्भीर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

सम्बन्धित

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com