ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवलाई प्रचण्डको जवाफ– छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन


एबीसी न्यूज

काठमाडौं १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू समाजवादी मोर्चामा रहेका पार्टीहरुसँग छिटो एकताको पक्षधर रहेको बताएका छन्।

मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले यसमा प्रष्ट हुन आग्रह गरे।

‘कहिलेकाहीँ कामरेडहरुले मलाई तोकर प्रचण्डले नै अरुची गर्‍यो कि क्या हो एकतामा भन्ने गर्नुभाछ,’ प्रचण्डले भने, ‘त्यो सत्य होइन। बरु म छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन। यो कुरा प्रष्ट होस् कमरेडहरूलाई।’

मोर्चामा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरु पार्टी एकतामा प्रचण्डले नै अरुची देखाएको आरोप लगाएका थिए।

यद्यपि, प्रचण्डले पार्टी एकताको नाममा हतार भने गर्न नहुने र एकताअघि विचार र संगठनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिले हामीले समाजवादी मोर्चालाई नै सुदृढ गर्दै लैजाने, छलफल गर्दै लैजाने र सकेसम्म छिटो ९फेरि ढिलो गर्ने भन्ने होइन है माधवजी० विचारमा एकरुपता पनि कायम गर्ने, राजनीतिक मुद्दाहरुमा पनि समझदारी कायम गर्ने र संगठनात्मक सिद्दान्तमा पनि एकरुपता कायम गर्नेगरि हाम्रो ध्यान गइराख्नुपर्छ।’

विगतमा हातार गरेर नेकपा गठन गर्दा निराशा मात्रै हात लागेको प्रचण्डको भनाइ छ। उनले भने, ‘माधवजीले भनेको जस्तै विचारमा सीमासम्म एकरुपता नहुँदै हतारोमा एकता गरियो भने के हुन्छ भन्ने कुराको अनुभव पनि हामीलाई राम्रै प्राप्त भएको छ।’

प्रचण्डले थपे, ‘नेकपा गठन त हामीले गरेकै हो। तर, पर्याप्त तयारी नहुँदा परिणाम झन नराम्रो निस्कियो। झन निराश बनायो कम्युनिष्टहरुलाई, जनताहरूलाई।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

सम्बन्धित

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com